हरिचन्द्र ढकाल
कोहलपुर, बाँके ,हाल: धनकुटा
“एक दुई दिनमा चाइना जान्छु होला ? समान तयार गरिदिनु है मेरो ।” हरिरामले फोनमै श्रीमतीलार्ई अह्ययो । प्रशन्न मुंद्रामा घर भित्रिएको हरिराम श्रीमतीलाई हेरेर मन्द मुस्कायो । “बल्ल तिम्रो दाइ माननीय भाएको काम लाग्यो ?” श्रीमतीसंग मस्कदै उसले भन्यो । “के हात लाग्यो र यस्तो ? मेरो माईतीले त धानी दिएका छन् नि तिम्रो घर ! नत्र के चाला हुंन्थ्यो मलाई थाहा थिएन र ?” एकै पटक प्रश्नका चाङ्ग लगाई श्रीमतीले ।
“सरकारले हाम्रो कम्पनी मार्फ़त देशभरीलाई चाहिने स्वास्थ्य सामग्री ख़रिद गर्ने निर्णय गर्यो नी आज ? अब त अरबौको कारोबार करोडौ नाफा हुने भो नी मेडम ।” रिमतीको गाला चिमोट्दै बोल्यो हरिराम । “त्येती धेरै सामग्री कहाँबाट ल्याऊने हो ? बिदेशमा नि तिम्रा जेठान बसेका छैंनन् होला ?” उसले शंका ब्यक्त गरी । “दाइले नै भन्नु भाएको वहाँहरुको ग्रुप छ रे ! नाफा मात्र बाड्ने हाम्रो कम्पनी मार्फत ।” श्रीमतीलाई ढुक्क बनायो ।
“यति ठुलो थाहा नभएको कुरामा हात नहालेको भए हुने ? दाइले भनेपछि ठिकै होला ।” उसकी श्रीमतीले दोधारे कुरा गरी । “दाइले हरेक समानमा तीस प्रतिसतले अग्रिम छुट्टाउन भन्नु भएको छ ।” हरिरामले चियाको चुस्की लिदै भन्यो ।”यस्तो कोरोना माहामारीमा आउने स्वास्थ्य सामग्रीको कसलाई जानकारी छ र ? म त चालिस प्रतिसत नाफा निकालेर मूल्य राख्छु ।” ऊ झन जोस्सियो । “सरकारको पैसा खान पाप पनि लाग्दैन । सबैले मिलाएर खाएकै छन ! भाग सबैलाई छुट्टाए पछि के भो र ?” एकोहोरों बोली रह्यो हरिराम ।
जेठानले भने झै अरबौको स्वास्थ्य सामग्री साठी प्रतिसत नाफा राखी बेच्न मिल्ने गरी बिल बनाइयो । केही समय बजारमा आभाव पनि सृजना गर्नुपर्ने जुक्ति पनि जेठानले नै सुझाए ।सम्पूर्ण सामग्रीहरु आफ्नै घरमा स्टोर गर्न मिल्ने गरी ब्यावस्था गरियो।मास्क, पंजा, सेनीटाईजर, भेंन्टीलेटर, अक्सिजन सिलिंडर , अन्य औषधीहरुको भण्डार बन्यो हरिरामको घर । केही समाग्री सरकारलाई हस्तान्तरण गरियो ।
कोरोना भाईरस माहामारीका कारण विश्वभरि स्वास्थ्य सामग्रीको हाहाकार जस्तै भयो ।बजारमा कालों बजारी मौलायो ।राजधानी भन्दा बाहिरका निजी अस्पतालले हरिरामले ल्याएका सामग्री सतप्रतिसत फाइदा दिएर खरिद गरे ।अब धेरै सामग्री हरिराम मार्फत मात्र किनबेच हुन थाल्यो । उसले बजारमा आभाव सृजना गरी दियों ।बाहिर खरिद गर्न जाने सामर्थ्य कसैमा रहेन ।
माइती मान्न गएकी श्रीमती , मावल गाएको छोरोलाई एक्कासी ज्वारों आउने, टाउको दुख्ने हुन थाल्यो । नजिकै स्थापाना भएको माहामारी रोक थाम अस्पतालमा स्वास्थ्य जाँच गर्दा आमा छोरामा कोरोना पोजेटिभ देखियो । आमा चाहीलाई भेन्टिनलेटर राखी अक्सिजन दिनु पर्ने भयो । सरकारले अक्सिजन सिलिन्डर , भेन्टिलेटर को आभाव भाएकोले उक्त अस्पताललाई दिन सकेको थिएन ।श्रीमतीको अवस्था दयनीय बन्यो । श्रीमतीले केही दिनमा प्राण त्याग गरिन् ।सरकारको तर्फबाट स्वास्थ्य सामग्री उपलब्ध गराउनु पर्ने अस्पतालमा यो अग्र पंक्तीमा थियो तर बजारमा आभावका कारण पठाइएको थिएन ।सामान्य स्वाँस प्रस्वाँसको समस्या बढेर ज्यान समेत गुमाएकी श्रीमती सम्झदै आफूले बजारमा कृतिम आभाव सृजना गरेकोमा ग्लानी मांन्दै भर्खर निको भाएको छोरो समाई हरीराम रोयो । घरको भुईतालामा स्टोर गरी राखेका सामग्री हेर्दै करोडौ पैसा कमाउन सफल हरिराम श्रीमती गुमाउनु परेकोमा हर्ष न बिस्मातको अवस्थामा थियो ।