गुरू

गुरु नै हो सबै वेद
गुरु नै हो सबै पुराण
गुरुलाई गर्नु सबै सम्मान
गुरु नै हो जीवनको आधार ।


न त कसैलाई धनी देख्छ
न त कसैलाई गरिब
न त कसैलाई आफ्नो मान्छ
न त कसैलाई पराई ।


आफू जति दुःखी भएपनि
शिष्यलाई खुसी बनाउँछ
मैन बत्ती जस्तै बनेर
ज्ञानको ज्योति फैलाउँछ ।


आदर्श व्यवहार हुन्छ गुरुको
सागर जस्तै हुन्छ ज्ञान
कसैलाई बनाउँछ डाक्टर
कसैलाई बनाउँदैछ महान्।


बिपिना मोहर
श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालय, कक्षा-११
धाप, दार्चुला