स्कुल बस दुर्घटना : एक दर्जनभन्दा बढी विद्यार्थी घाइते

बिर्तामोड/१७ वैशाख – झापाको कचनकवल गाउँपालिका–३ दलकीमा स्कुल बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन् । आज बिहान करिब ९ः२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेण्डरी स्कुलको बस दुर्घटनामा परेको थियो ।


बसले घरबाट सडकमा निस्किएको मोटरसाइकललाई ठक्कर दिँदा अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


दुर्घटनापछि घाइते विद्यार्थीहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । केहीको अवस्था सामान्य रहेको बताइएको छ भने केहीको थप उपचार भइरहेको छ ।