काठमाडौँ/१७ वैशाख – नेपाल शिक्षक महासङ्घले देशका विभिन्न स्थानमा शिक्षक–कर्मचारीले व्यहोर्नु परेका समस्यासहित ६ बुँदे धारणा सार्वजनिक गरेको छ । महासंघले सहमती वमोजिम स्थायी र सबै प्रकारका अस्थायी शिक्षकहरुको समस्या सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन यही अधिवेसनबाट जारी गर्न माग गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो ।
जरि विज्ञप्तिमा भनिएको छ नेपाल सरकार र ने शि महासङ्घबिच विगतमा भएका सहमती वमोजिम स्थायी, सबै प्रकारका अस्थायी(राहत, करार, साविक उमावि, शिक्षण सिकाइ अनुदान, बालकक्षा, विशेष शिक्षा लगायतका) शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या सम्बोधन हुने गरी अग्रगामी विद्यालय शिक्षा ऐन शीघ्रातिशीघ्र यही अधिवेसनबाट) जारी गर्न माग गर्दछ ।
यसैगरी सिराहा जिल्लाको लहान न. पा., धनुषा जिल्लाको कमलामाई न. पा., बाजुरा जिल्लाको बुढीगङ्गा न.पा लगायतका स्थानीय तहमा महिनौंदेखि शिक्षक–कर्मचारीको तलबभत्ता उपलब्ध नभएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
यस विषयमा विमती राख्दै अविलम्ब तलबभत्ता उपलब्ध गराउन सम्बन्धित पक्षसँग माग गर्दै सहजीकरण गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।
हेर्नुहोस विज्ञप्ति
शैक्षिक सत्र, साप्ताहिक दुई दिन विदा, आ. व. २०८३ / ०८४ को वार्षिक बजेट, शिक्षा ऐन, देशका विभिन्न स्थानमा शिक्षक–कर्मचारीले व्यहोर्नु परेका समस्या लगायगतका समसायमिक विषयमा नेपाल शिक्षक महासङ्घ धारणा देहाय वमोजिम रहेको सार्वजनिक गर्दछौं ।
१. नेपाल सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार) विदा दिने निर्णय गरेकोमा ने शि.महासङ्घ त्यसको समर्थन गर्दै कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षसँग आग्रह गर्दछ ।
२. आ.व.२०८३ /०८४ को बजेटबाट शिक्षामा कूल बजेटको २०% विनियोजन गर्न सरकारसमक्ष माग गर्दछ ।
३. नेपाल सरकार र ने शि महासङ्घबिच विगतमा भएका सहमती वमोजिम स्थायी, सबै प्रकारका अस्थायी(राहत, करार, साविक उमावि, शिक्षण सिकाइ अनुदान, बालकक्षा, विशेष शिक्षा लगायतका) शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या सम्बोधन हुने गरी अग्रगामी विद्यालय शिक्षा ऐन शीघ्रातिशीघ्र यही अधिवेसनबाट) जारी गर्न माग गर्दछ ।
४. नेपाल सरकार, मन्त्री परिषदबाट २०८२ बैशाख १७ गते भएको ९ बुँदे निर्णय अविलम्ब
कार्यान्वयन गर्न/गराउन नेपाल सरकार समक्ष माग गर्दछ ।
५. सिराहा जिल्लाको लहान न. पा., धनुषा जिल्लाको कमलामाई न. पा., बाजुरा जिल्लाको बुढीगङ्गा न.पा लगायतका स्थानीय तहमा महिनौंदेखि शिक्षक–कर्मचारीको तलबभत्ता उपलब्ध नभएको विषयप्रति विमती राख्दै अविलम्ब तलबभत्ता उपलब्ध गराउन सम्बन्धित पक्षसँग माग राख्दछ । साथै यसको सहजीकरण गर्न नेपाल सरकारसँग आग्रह गर्दछ ।
६. सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँ पालिका लगायतका कतिपय स्थानीय तहबाट अकारण कार्यरत शिक्षकलाई सेवाबाट हटाउने, विभिन्न वहानामा । अपायक सरुवा गर्ने जस्ता कार्य भएकोमा यस्ता कार्य तुरुन्त रोक्न सम्बन्धित पक्षसँग माग गर्दै यस्ता विषयमा सहजीकरण गरी समाधानको पहलकदमी लिन नेपाल सरकार समक्ष आग्रह गर्दछ ।



