समृद्ध एड मिडिया नेटवर्क
समृद्ध एड मिडिया नेटवर्कले शिक्षा क्षेत्रको हरेक पक्षलाई समेट्दै नीति नियम, फिचर कथा, विदेश अध्ययन, अन्तरवार्ता, र अन्य विभिन्न शैक्षिक संस्थाको जानकारी प्रदान गर्दै आएको छ ।
शिक्षा क्षेत्रका विषयमा पाठकहरुलाई जानकारी गराउनु नै यसको मुख्य उदेश्य हो । समृद्ध एड मिडिया नेटवर्कले एजुकेशन न्यूज म्यागजिन पाक्षिक पत्रिका र स्कुल खबर मासिक पत्रिका प्रकाशन गरिरहेको छ भने खबर एजुकेशन अनलाईनबाट पनि शिक्षा क्षेत्रको हरेक पक्षलाई समेट्दै आएको छ ।
खबर एजुकेशन डट कम डिजिटल पत्रिका
“खबर एजुकेशन” ले विश्वव्यापी रुपमा पाठकहरुको लागि शैक्षिक जानकारीहरु दिदै आएको छ र शिक्षा क्षेत्रका हरेक समाचार हरेक मानिसहरुको पहुँचमा पु¥याउनको लागि हामिले कलम चलाउदै आएका छौ । अनलाइनको माध्यमबाट नेपालको साथै विश्वका शैक्षिक जानकारी, शिक्षा नीति, विश्वविद्यालयको अवस्था, विभिन्न व्याक्तिहरुको भनाई, अन्तवार्ता पाठकहरुमा छिटो पु¥याउने हाम्रो प्रयास रहने छ ।
एजुकेशन न्यूज म्यागजिन
एजुकेशन न्यूज १५/१५ दिनमा प्रकाशन हुने म्यागजिन हो । यो म्यागजिनको मुख्य उद्देश्य भनेको देश भरिको शिक्षा क्षेत्रका विभिन्न मुद्धामा कलम चलाउनु हो । एजुकेशन न्यूज म्यागजिनले शिक्षा क्षेत्रको हरेक पक्षलाई समेट्नुका साथै नीति नियम, फिचर कथा, विदेश अध्ययन, अन्तरवार्ता, र अन्य विभिन्न शैक्षिक संस्थाको जानकारी प्रदान गर्दै आएको छ । म्यागजिन प्रकाशनको छोटो अवधिमा पनि शिक्षा क्षेत्रको ध्यान केन्द्रित गर्न र धेरै मानिसहरुको पहुचँमा पुग्न सफल भएको छ । काठमाडौंमा मात्र नभएर यस म्यागजिन देशको अन्य विभिन्न क्षेत्रमा पुग्न सफल भएको छ । विराटनगर, विर्तामोड, इटहरी, जनकपुर, विरगन्ज, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र पोखरा जस्ता ठाँउमा हाम्रो म्यागजिन पुग्न सफल छ ।
स्कुल खबर म्यागजिन
स्कुल खबर म्यागजिन मासिक पत्रिकाले स्कुल शिक्षामा केन्द्रित रहेर स्कुल शिक्षाका मुद्धा, शैक्षिक कथा, विभिन्न शैक्षिक संस्थाको अन्तवार्ता र जानकारी , विद्यार्थी तथा शिक्षकहरुको अन्तरवार्ता, विद्यार्थी करियर परामर्श, अभिभावकका भनाई जस्ता जानकारी मुलक कुराहरु राखेर प्रकाशन गर्दै आईरहेको छ ।