काठमाडौं/ २४ भदौ – पूर्वाञ्चल विश्वविद्यालयले नियमित तर्फका परीक्षाहरु मात्र वैकल्पिक टाइम बाउन्ड होम एक्जामझ बाट सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले एक सूचना जारी गर्दै विश्वविद्यालय प्राज्ञिक परिषद् र कार्यकारी परिषद् निर्णयानुसार सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरु मात्र वैकल्पिक विधिबाट गर्ने निर्णय भएको जनाएको छ ।


