काठमाडौँ /१७ वैशाख – चितवनको इच्छाकामना –५, स्थित त्रिवेणी वराह माविका शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । विगत सात महिना देखि पारिश्रमिक नपाए पछि आन्दोलनमा उत्रिएका हुन् ।
शिक्षक तथा कर्मचारीहरू समयमै पारिश्रमिक नपाएको विरोधमा धर्ना तथा विरोधका कार्यक्रमहरू सार्वजनिक गर्दै विद्यालयसँग सरोकार राख्ने विभिन्न निकायहरूसँग समस्या समाधानका लागि आग्रह गर्दा समेत सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनु परेको उनिहरूको भनाई छ ।
२०८२ आश्विन महिनाको तलब प्राप्त भएपछि शिक्षक र कर्मचारीहरूसँग सरोकार नभएको विषयलाई जोडेर इच्छाकामना गाउँपालिकाले निकासा नदिएको एक शिक्षकले जानकारी दिए ।
“विद्यालयसँग सरोकार राख्ने विभिन्न निकायहरूलाई समस्या समाधान गरि तलबभत्ता निकासाको लागि अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू चाहना नहुँदा नहुदै पनि बाध्यतावश शिक्षण क्रियाकलाप बन्द गर्न बाध्य पारिएको जानकारी गराउन चाहन्छौ” उनिहरूले जारी गरेको पत्रमा भनिएको छ ।



