………अर्थात् महावीर पुन

चितवन/१४ साउन – मुटुमा माटो र शिरमा स्वाभिमान बोकेर
उदायो धर्तीमा एउटा जुन
सुनको पर्वाह गरेन
नुनको खातिर पढ्यो, बढ्यो र चढ्यो सफलताको चुली
दुःख, अभाव ,पिडा र कहरलाई भुली
भिरफूल बनेर मगमगायो नागीको बिरुवा
वरुण लोकको नेब्रस्का अक्षरधामले पाइन थप्यो
निजि स्वार्थले रत्याउन सकेन
राष्ट्रियतालाई लत्याउन सकेन
उ बहुलाहा काजी बनेर देखापर्यो
जननी जन्मभुमिश्च आभा छर्ने संकल्प गर्‍यो
न्वारन भयो राष्ट्रिय आविष्कार केन्द्र
उसलाई थाहा छ जीवन अजम्बरी छैन
उसलाई चाह छ जीवन फेरि पाइने हैन
भोक, निद्रा र आराम उसलाई हराम लाग्छ
कर्म ,पसिना र सपनालाई आत्मसात गर्छ
उ कर्मणा नमुनालायक व्यक्तित्व
पुरस्कृत हुन्छ दक्षिण एसियाकै सर्वमान्य पुरस्कारद्वारा
कुल चन्द्र ,सन्दुकको पंक्तिमा अर्को नाम थपिन्छ महावीर पुन
अर्थात अधेरीको जुन , महावीर पुन
आज,
मनैदेखि माटोको सुगन्ध पहिल्याउन
साँच्चै जननीको सुवास फैलाउन
बहुलाएको छ
अधेरीको जुन अर्थात्
महावीर पुन ।

कृष्ण “सुदामा“
शिक्षक : नयाँ किरण कमलकुसुम मावि भोजाड, चितवन