त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजिनामा

काठमाडौँ/१७ वैशाख – त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारले कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शाह ’बालेन’लाई सम्बोधन गर्दै राजीनामापत्र पठाएका छन् । सरकारले विश्वविद्यालयका पदाधिकारीलगायत राजनीतिक नियुक्ति पाएका अधिकारीहरूलाई हटाउने गरी अध्यादेश ल्याउन लागेको चर्चासँगै उनिहरुले राजीनामा दिएका हुन् ।


उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले बिहीवार प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्बोधन गर्दै छुट्टाछुट्टै राजीनामापत्र पठाएको जनाइएको छ ।


नयाँ सरकारालाई काम गर्न सहजताको लागि मार्गप्रशस्त गरिएको तर्क उनीहरूले गरेका छन् । सरकारले अध्यादेश ल्याएर राजनीति नियुक्ति लिने व्यक्तिहरुलाई हटाउने हल्लाका बिच राजीनामा दिने निर्णयमा त्रिवि पदाधिकारी पुगेका हुन् ।


उपकुलपति अर्याललाई २०८२ असार २५ गते केपी ओली प्रधानमन्त्री भएको बेला नियुक्त गरिएको थियो । शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए ।