खबर एजुकेशनबाट निःशुल्क शिक्षक सेवा आयोगको तयारी गर्न सकिने

काठमाडौं/१९ बैशाख-शिक्षक सेवा आयोगको तयारीमा रहेका परीक्षार्थीहरूका लागि खबर एजुकेशन मिडिया र किताबी संसार डटकमको सहकार्यमा निःशुल्क सामग्रीहरू उपलब्ध गराइएको छ । आयोगको तयारी गर्दै गरेका व्यक्तिहरूको आग्रहमा भिडियो कक्षा र नमुना प्रश्नोत्तरहरू निःशुल्क उपलब्ध गराएको हो ।


शिक्षक सेवा आयोगको पाठ्यक्रम अनुसार निर्माण गरिएका भिडियो सामग्रीहरू खबर एजुकेशन मार्फत हेर्न सकिने छ । साथै पाठ्यक्रममा आधारित रहेर विभिन्न सामग्रीहरू किताबी संसारबाट पनि पढ्न मिल्ने छ ।


परीक्षार्थीहरूले आयोगको विज्ञापन अनुसार तह र विभिन्न विषयहरूको तयारी गर्न सक्नेछन् । साथै प्रश्न कसरी निर्माण हुन्छन्, कुन कुन क्षेत्रबाट प्रश्न सोधिन्छ, आधिकारिक सामग्रीको अध्ययन कसरी गर्ने भन्ने विषयमा जानकारी प्राप्त गर्न सक्छन् । योसँगै नमुना प्रश्नहरू उपलब्ध गराइने छ । भिडियो सामग्रीहरू क्रमश हरेक हप्ता एउटा उपलब्ध हुनेछ भने www.khabareducation.com बाट शिक्षक सेवा आयोगमा गएर जुनसुकै बेला हेर्न र पढ्न सकिनेछ । सामग्री Khabar Education फेसबुक पेजमा पनि उपलब्ध गराइने छ ।


हेर्नुहोस भिडियो


१. यसरी गर्न सकिन्छ शिक्षक सेवा आयोगबाट लिइने परीक्षाको तयारी (हेर्नुहोस भिडियो)


२. विश्वको भूगोल सम्बन्धी जानकारी (भिडियोसहित)


३. आधारभूत तह तृतीय श्रेणीको खुला परीक्षाको प्रश्नोत्तर (भिडियोसहित)


४. ब्रह्माण्ड सम्बन्धी जानकारी (भिडियोसहित)

५. शिक्षक सेवा आयोगको परीक्षामा यसरी सोधिन्छ प्रश्न । परीक्षाको तयारी गर्दा छुटाउनै नहुने कुरा यस्ता छन् ।