काठमाडौँ /१५ बैशाख – यस मिडियाबाट उपलब्ध गराइएका सामग्री निःशुल्क रूपमा प्रयोग गर्न सकिनेछ । प्रस्तुत सामग्री परीक्षामा सजिलै सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्ने सन्दर्भमा परीक्षार्थीका लागि तयार गरिएको हो । यो सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीमा शिक्षक सेवा आयोगबाट लिइने परीक्षाको तयारी कसरी गर्ने ? पाठ्यक्रममा कस्ता विषयवस्तु हुन्छन् ? कस्ता सामग्रीहरु अध्ययन गर्ने ? सामग्रीहरु अध्ययन गर्दा ध्यान दिनु पर्ने कुराहरु जस्ता विषयवस्तुहरुका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
शिक्षक सेवा आयोगबाट लिइने आधारभूत र माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षालाई आधार मानेर खबर एजुकेशन अनलाइन मिडिया र किताबीसंसार डटकमको सहकार्यमा तयार गरिएको हो । शिक्षक सेवा आयोग सम्बन्धी नोट तथा प्रश्नोत्तरहरू kitabisansar.com मा पनि हेर्न सक्नु हुनेछ । भिडियो सम्बन्धी सामग्रीहरू www.khabareducation.com र युट्युब @khlianathdhamala1 मा पनि नियमित प्रकाशन हुनेछ ।



