सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं/१९ वैशाख – सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिल उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । विश्वविद्यालयको उपकुलपति पदका लागि प्रा. डा. हेमराज पन्त, प्रा. डा. अक्कलदेव मिश्र र प्रा.डा.भवानीदत्त जोशीको नाम सिफारिस गरेको हो ।


समितिले १२ वैशाखमा उम्मेदवारहरुको विश्वविद्यालय सम्बन्धी सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्र्तवार्ता परीक्षा सञ्चालन गरेको थियो । सोही परीक्षामा पाएको अंकका आधारमा योग्यताक्रम अनुसार नाम सिफारिस गरिएको उपकुलपति छनोट तथा सिफारिस समितिले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालयमा १८ फागुनदेखि उपकुलपति पद रिक्त छ ।