काठमाडौं /७ मंसिर – त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालय कीर्तिपुरले शैक्षिक वर्ष २०८३ का लागि व्यवस्थापनमा स्नातकोत्तर (एमबीएस) तथा सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए) कार्यक्रमको प्रवेश परीक्षासम्बन्धी सूचना प्रकाशित गरेको छ ।
संकायले मङ्सिर ७ गते प्रकाशित गरेको सूचनाअनुसार प्रवेश परीक्षाका लागि आवेदन फाराम मङ्सिर ७ गतेदेखि पुस २१ गतेसम्म भर्न सकिने उल्लेख छ । प्रवेश परीक्षा भने २०८३ पुस २५ गते शनिबार बिहान ८ बजे सञ्चालन हुने जनाइएको छ । नयाँ शैक्षिक सत्रका कक्षा माघ १८ गते सोमबारदेखि सञ्चालन गरिने सूचनामा भनिएको छ ।
प्रवेश परीक्षामा भाषिक क्षमता, परिमाणात्मक क्षमता, व्यवसाय तथा अर्थशास्त्र र सामान्य सचेतनासम्बन्धी विषयबाट २५÷२५ वटा बहुवैकल्पिक प्रश्न सोधिनेछन् ।
स्नातक तहको परीक्षा दिएर नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीले समेत प्रवेश परीक्षामा सहभागी हुन पाउने भएपनि प्रवेश परीक्षामा उत्तीर्ण भई भर्ना हुने समयमा स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र तथा लब्धाङ्कपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने संकायले जनाएको छ ।
विद्यार्थीले संकायको आधिकारिक वेबसाइट www.tudoms.org मार्फत अनलाइन आवेदन फाराम भर्नुपर्नेछ । आवेदनसम्बन्धी जानकारी तथा लिङ्क www.fomecd.edu.np बाट समेत प्राप्त गर्न सकिनेछ ।
।



