काठमाडौं/२८ भदौ-अफगानिस्तानमा महिलाले अलग्गै विद्यालय र विश्वविद्यालयमा पढन पाउने भएका छन् । तालिबानी सरकारले महिलालाई लक्षित गरी सञ्चालनमा रहेको विश्वविद्यालयमा मात्र पाउने जनाएको हो ।
यसका लागि केही संहिता तयार गरिने र पढ्न जाँदा टाउको र अनुहार अनिवार्य रुपमा छोप्नुपर्ने अफगानिस्तानका उच्च शिक्षा मन्त्री अब्दुल बकी हक्कानीले बताए ।
हक्कानीले आइतबार शिक्षा सम्बन्धमा नयाँ नीति ल्याउन लागेको पत्रकार सम्मेलनमा जानकारी गराउँदै यसप्रकारको धारणा राखेका हुन् । तालिबानको पछिल्लो शासनकालमा महिलाको पठनपाठन र पेशा ब्यवसाय गर्न पाउने अधिकारबाट बञ्चित गरिएको थियो ।
बिगतको भन्दा महिला अधिकारमा तालिबान उदार हुने दाबी गर्दे हक्कानीले भने “महिलाले पढ्न जाँदा टाउको र अनुहार अनिवार्य रुपमा छोप्नुपर्ने छ । हामीले केटा र केटीलाई सँगै पढ्न अनुमति दिने छैनौं ।”



