भारतको श्रीनगरमा विद्यालय भित्रै फायरिङ , प्रिन्सिपल र एक शिक्षकको मृत्यु

जम्मु काश्मिर/२१ असोज-जम्मु काश्मिरको श्रीनगरस्थित ईदगाह इलाकामा लडाकुहरुले विद्यालयमै फायरिङ गर्दा विद्यालयका प्रिन्सिपल र एक शिक्षकको मृत्यु भएको छ । घटनामा स्कुलका प्रिन्सिपल सतिन्दर कौर र अर्का एक शिक्षकको मृत्यु भएको हो ।


बिहिबार एक व्याक्तिले सरकारी विद्यालयका प्रिन्सिपल र एक शिक्षकको गोलि हानि हत्यागरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


जम्मु कश्मिर प्रहरीले यसलाई आतंकबादी आक्रमण भएको बताएका छन् । यस्ता घटना पाकिस्तानको एजेन्सीहरुको निर्देशनमा भएको प्रहरीको बुझाई छ ।


यसमध्ये ६ घटना श्रीनगरमै घटेका छन् । मंगलबार लडाकुहरुले श्रीनगरको इकबाल पार्क इलाकामा प्रतिष्ठित केमिस्ट माखनलाल बिन्द्रूको हत्या गरेका थिए । उनीहरुले मेडिकल स्टोरमै घुसेर बिन्द्रुलाई गोली हानेका थिए ।