काठमाडौं /२८ भदौ- सिटिइभिटि परीक्षा नियन्त्रण कार्यलयले डिप्लोमा तहको सेमेस्टर परीक्षा प्रणालीका नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
सिटिइभिटिको सेमेस्टर परीक्षा प्रणाली अन्र्तगत नियमित , आंशिक तथा विशेष प्राविधिक शिक्षा छात्रवृत्तितर्फ आंशिक परीक्षाको आवेदन फारम भरेका डिप्लोमाका विभिन्न कार्यक्रमको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
कार्तिक ७ गते विहान ८ः ०० बजे देखि सञ्चालन हुने परीक्षा डिप्लोमा तहको परीक्षा दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डको नियमित तथा आंशिक परीक्षा हुने छ ।
