तालिबान सरकारले छात्रालाई छिट्टै विद्यालय जान अनुमति दिने

तालिबान प्रवक्ता जबीबुल्लाह मुजाहिद । तस्बिर : एपी
काठमाडौँ /६ असोज-अफगानिस्तानमा तालिबान सरकारले छात्राहरूलाई जतिसक्दो छिटो विद्यलाय जाने अनुमति दिने जनाएको छ । मंगलबार काबुलमा गरिएको पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबीबुल्लाह मुजाहिदले छात्रालाई छिट्टै विद्यालय जान अनुमति दिइने बताएका हुन् ।


जबीबुल्लाह मुजाहिदलका अनुसार ’हामी यसलाई अन्तिम रूप दिइरहेका छौँ । जति चाँडो हुन्छ हामीले यसको प्रबन्ध मिलाउनेछौँ ।’


तालिबान सरकारको शिक्षा मन्त्रालयले माध्यमिक विद्यालयका शिक्षक र छात्रलाई विद्यालय आउन निर्देशन दिएको छ । तर छात्रा र महिला शिक्षकका बारेमा भने तालिबानले केही निर्णय गरेको छैन ।