नयाँ दिल्लीमा लकडाउन, परीक्षा दिने विद्यार्थीहरूलाई परिचयपत्रका आधारमा छुट

काठमाण्डौं/६ वैशाख– भारतको राजधानी नयाँ दिल्लीमा एक साता लामो लकडाउन घोषणा गरिएको छ ।
भारतको मुख्यमन्त्री केजरीवालले सरकारले पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै कोरोना महामारी रोकथाम गर्न एक साताका लागि लकडाउन गरेको घोषणा गरेको छ ।


मुख्यमन्त्री केजरीवालले भने, ‘लकडाउन घोषणा गर्ने वित्तिकै कोरोना खत्तम नै त हुँदैन तर, यसको तीव्रतामा कमी आउने भन्ने मेरो मान्यता हो । याे एक हप्तामा हामी बेड, औषधी र अक्सिजनको व्यवस्था गर्छौं । सर्वसाधारणको स्वास्थ्यलाई थप जोखिम हुन नदिन आज राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म लकडाउन लागू हुनेछ ।’


उनले लकडाउनको समयमा गरिबहरुलाई निकै समस्या र अप्ठ्यारो अवस्था आउन सक्ने भएकोले संयमता अपनाई दिल्ली छाडेर नजान आग्रह समेत गरेका छन् ।

लकडाउनको घोषणासँगै परीक्षा दिने विद्यार्थीहरूका लागि भने परिचयपत्रका आधारमा छुट दिने व्यवस्था गरिएको त्यहाँको समाचार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार टिकट देखाएर रेलवे स्टेशन र एयरपोर्टमा आवतजावत लागि छुट भने गरिएको छ ।