सीटीईभीटीले ७ हजारलाई निःशुल्क तालिम दिँदै


काठमाडौं/८ मंसिर– प्राविधिक शिक्षालय तथा व्यवसायिक तालिम परिषद् प्रदेश नं.३ हेटौडाले ७ हजार जनालाई निःशुल्क तालिम दिने भएको छ ।
सीटीईभीटी प्रदेश नं.३ ले प्रदेशभित्र रहेका १३ वटा जिल्लाका १ सय १९ स्थानीय तहहरुसँग समन्वय गरी ७ हजार जनालाई निःशुल्क तालिम दिन लागेको हो । परिषद्ले चालू आ.व. २०७६/०७७ को स्विकृत वार्षिक बजेट तथा आर्थिक कार्यक्रम अनुसार छोटो अवधिको (३९० घण्टा) को सपिमूलक तालिम सञ्चालन गर्न लागेको हो । परिषद्का अनुसार २०÷२० जनाको एक समूह बनाई सीपमुुलक तालिम सञ्चालन गर्न लागिएको हो ।
सबै स्थानीय तहहरुलाई परिषद्बाट स्वीकृत पाठ्यक्रम अनुसारको छोटो अवधिको सीपमुुलक तालिम सञ्चालन गर्न परिषद्ले पत्राचार समेत गरेको छ । परिषद्ले स्थानीय तहहरुलाई आफ्नो स्थानीय आवश्यकता पहिचान गरी तालिमको क्षेत्र÷कार्यक्रमको प्राथमिकता अनुसारको सूची परिषद्मा पठाउन अनुरोध गरेको छ ।