काठमाडौं/८ मंसिर– नेपालको इन्स्टिच्युुट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज (आईसिएमएस) र जापानको एक विश्वविद्यालयबीच संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधीका लागि सहकार्य गर्ने भएका छन् ।
त्रिभुुवन विश्वविद्यालय अन्तर्गत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युुट अफ क्राइसिस म्यानेजमेण्ट स्टडिजबीच सहकार्य गर्ने सम्झौता भएको हो । कलेजका संस्थापक सदस्य डाक्टर गंगालाल तुलाधरले सम्झौता अनुसार इन्स्टिच्युुट अफ क्राइसिस म्यानेजमेण्ट स्टडिजमा संकट व्यवस्थापन संकाय अन्तर्गत अध्ययनरत विद्यार्थी तथा प्रोफेसरहरुले जापान गएर अध्ययन अध्यापन गर्न पाउने छन् । उनले सम्झौताले जापानमा गएर विद्यावारिधी गर्न चाहनेका लागि बाटो खुलेको बताए । सम्झौताले संकट व्यवस्थापनका विषयमा संयुुक्त रुपमा अध्ययन अनुसन्धान गर्न सजिलो हुने उनको भनाई छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी संकट व्यवस्थापन विषय अध्यापन गराउँदै आएको यस कलेजले विद्यावारिधी पनि सुुरु गरेको छ ।