काठमाडौं/९ मंसिर – त्रिभुवन विश्वविद्यालय, कानुन संकाय, डीनको कार्यालय बल्खुले शैक्षिक सत्र २०८३/०८४ का लागि एलएल.एम. तहको प्रथम सेमेस्टरमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा आवेदन फाराम खुला गर्ने भएको छ ।
डीनको कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक विद्यार्थीले २०८३ मंसिर १० गते बिहीबारदेखि अनलाइनमार्फत प्रवेश परीक्षाको आवेदन फाराम भर्न सक्ने जनाइएको छ ।
यस शैक्षिक सत्रमा नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गमा चार सेमेस्टरको दिवा समूह र छ सेमेस्टरको बिहानी समूहमा कार्यक्रम सञ्चालन हुने सूचनामा उल्ल्ेख छ । त्यसैगरी, पृथ्वीनारायण क्याम्पस, पोखरामा छ सेमेस्टरको बिहानी समूह तथा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेशनल ल कलेज, सानेपा, ललितपुरमा चार सेमेस्टरको दिवा समूहमा एलएल.एम. कार्यक्रम सञ्चालन गरिने सूचनामा उल्लेख छ ।
एलएल.एम. तहको प्रथम सेमेस्टरमा भर्ना हुन इच्छुक योग्य विद्यार्थीले तोकिएको मितिदेखि अनलाइन आवेदन दिन सक्नेछन् ।
प्रवेश परीक्षा तथा आवेदनसम्बन्धी थप विस्तृत जानकारी त्रिभुवन विश्वविद्यालय कानुन संकायको सूचना पाटी तथा आधिकारिक वेबसाइट www.fol.edu.np र fol.tu.edu.np बाट प्राप्त गर्न सकिनेछ ।



