काठमाडौं/१० कार्तिक–भारतीय राजदूतावास काठमाडौंले नेपालमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदन माग गरेको हो ।
महात्मा गान्धीका लागि आवेदन दिन नेपालको कुनै मान्यता प्राप्त विद्यालय वा कलेजमा कक्षा ११ मा नियमित अध्ययन गरिरहेको हुनुपर्ने छ । त्यस्तै स्वर्ण जयन्ती छात्रवृत्तिका लागि कुनै मान्यता प्राप्त शैक्षिक संस्थामा स्नातक तहको प्रथम वर्ष वा प्रथम सेमेस्टरमा भर्ना भएको नियमित विद्यार्थी हुनुपर्ने सूचनामा उल्लेख छ ।




