के व्यवस्थापन र विज्ञान विषय देशलाई आवश्यकता छैन ?


ईसिडी सानोठिमी भक्तपुरले हालसालै नेपाली शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने भन्दै नयाँ पाठ्यक्रम बनाएको छ । जसलाई अध्ययन गर्दा कक्षा ९–१२ सम्मको पाठ्यक्रमलाई सात विषयमा बाँडेको छ । जसमध्ये ५ वटा विषय अनिवार्य रहेका छन् भने कुनै २ विषय ऐच्छिक रहने भनिएको छ । यसमा पनि अ.नेपाली, अ.अंग्रेजी, अ.गणित, अ.सामाजिक र अ.विज्ञान र प्रविधि रहेका छन् । तर, ऐच्छिक विषयलाई भने ऐच्छिक रुपमा छोडिएको जस्तो देखाइएको छ । तिनीहरुलाई पनि एकरुपले अनिवार्य गर्न खोजिएको जस्तो देखिन्छ ।


ऐच्छिक विषयका नाममा ईसिडीले केही विषयहरु तोकेको छ । यसमा पर्ने मुख्य ऐच्छिक विषयमा जनसंख्या, भूगोल, इतिहास, वातावरण, स्वास्थ्य, समाजशास्त्र जस्त नितान्त मानविकी संकायसँग मिल्दा विषयहरु राखिएको छ । यो पाठ्यक्रमलाई राम्ररी अध्ययन गर्दा पाठ्यक्रम बनाउने बेलामा अरु संकायलाई बेवास्ता गरेको स्पष्ट हुन्छ ।
वास्तवमा वर्तमान समयमा बजारको माग भनेको विज्ञान र व्यवस्थापनमा बढी रहेको पाइन्छ । देश विदेशमा विद्यार्थीलाई बेच्ने माध्यम र साधन बनेका छन्, यी विषयहरु । तर, सायद मानविकी तर्फका विज्ञ टोलीको वर्चस्व बढी भएर होला भावी पिँढीलाई गुरुकुल शिक्षा दिन खोजेको महशुस हुन्छ । यी विषयहरु अध्ययन गरेमा भोलीको देशको र विश्वको प्राविधिक आवश्यकता पूरा होला त ?


के व्यवस्थापन, विज्ञान र अरु विषयको देशलाई आवश्यकता छैन ? व्यवस्थापन विषयका महत्वपूर्ण विषय लेखा शास्त्र, अर्थशास्त्र, वित्तिय शास्त्र, होटेल म्यानेजमेन्ट आदि किन इच्छाधिन विषयमा राख्न सकिएन ? विज्ञानका भौतिकशास्त्र, ऐच्छिक गणित जस्ता विषय ऐच्छिकमा किन अटाउन सकेन ?


‘अहिलेको सरकार प्रजातन्त्रवादी सरकार हो । जसले अधिकार विकेन्द्रीकरण गर्न चाहान्छ ।’ एकतर्फ भने अर्कोतर्फ तल्लो तहले पाएको अधिकार विस्तारै खोस्दै जाने, अभिभावक र विद्यार्थीको आवश्यकतालाई केही मानिसहरुको निजी स्वार्थमा केन्द्रीत गरिराख्ने स्वभाव यो पाठ्यक्रम निर्माताहरुले देखाइ रहेको महशुस हुन पुगेको छ । उक्त पाठ्यक्रम अध्ययन गर्दा व्यवस्थापनको माथिल्लो तहलाई उपयोगी हुने विषय लेखा परीक्षण रहेको छ । तर, लेखा नपढाई कसरी विद्यार्थीले लेखा परीक्षण गर्न सिक्छन् ? जबकी उसलाई लेखाको आधारभूत ज्ञान लेखाशास्त्रमा मात्र दिएको हुन्छ । यसरी कक्षा ९ देखि १२ भनेको माथिल्लो तहका लागि आधार कक्षा बन्दै आएकोमा श्रेणीगत सिकाइको नियमलाई वेवास्ता गरेको छ ।


त्यस्तै, अर्को नकारात्मक प्रभाव भनेको शिक्षकहरुको पेशामा देखिएको छ । लगभग सय जति ऐच्छिक विषयहरु विभिन्न विभिन्न स्कुल, कलेजहरुमा पढाई रहेका शिक्षकहरुका भ्याकेन्सीहरु केही १०÷१२ वटा विषयमा केन्द्रित भएपछि अरु सयांै, हजारौं शिक्षकहरु बेरोजगार तथ अर्ध बेरोजगार हुने अवस्था देखिन्छ । त्यसैले, पर्यटन, गृह निर्माण, जल विद्युत जस्ता अझ थप ऐच्छिक विषयहरु थप्नुपर्ने र सबै ऐच्छिक विषयलाई व्यवस्थापन गर्नुपर्ने अवस्था देखिन्छ । पहिलेका सबै ऐच्छिक विषयले स्थान पाएमा बनिसकेको जनशक्तिले स्थान पाउने छ र पेशा निर्माण गतिमा सन्तृष्ट जनशक्तिले महत्वपूर्ण योगदान गर्ने छ । त्यसैले, पाठ्यक्रम विकास केन्द्रलाई विकास केन्द्रकै रुपमा विकास गर्नुपर्छ, विनाश केन्द्रका रुपमा हो