अष्ट्रेलियामा समस्या भएका विद्यार्थी आफ्ना देश फर्कन सक्ने : प्रम मरिसन

काठमाडौं/२१ चैत– अष्ट्रेलियाले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थीलाई अप्ठेरो भएमा आफ्नो देश फर्किन सुझाव दिएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थीलाई समस्या भएमा आफ्नो देश फर्किने प्रबन्ध मिलाउन सुझाव दिएका हुन् ।
अष्ट्रेलिया आएको एक वर्ष नपुगेको विद्यार्थीलाई आफूले सहयोग गर्न सक्ने भएकाले देश फर्किन सक्ने उनको भनाई छ । कोरोना भाइरसका कारण अष्ट्रेलियामा अध्ययनका लागि गएका विद्यार्थीहरु अहिले काम नपाएर समस्यामा परेका छन् । अष्ट्रेलिया सरकारले स्थानीयका लागि घोषणा गरे सरह विद्यार्थीलाई पनि राहत दिनु पर्ने भनिएपनि उनले आफ्नो सरकारले घोषणा गरेका सुविधाहरु आफ्ना नागरिक तथा स्थायी बासिन्दाका लागि मात्र भएको समेत प्रष्ट गरेका छन् ।
अष्ट्रेलियाको प्रतिपक्षी दल अष्ट्रेलियन लेबर पार्टी तथा उसका भात्री संस्थाहरुले भने प्रधानमन्त्रीको यो घोषणाको विरोध गरेका छन् ।