व्यावहारिक अभ्यास कार्यान्वयन निर्देशिका-२०८३ जारी

काठमाडौँ /८ साउन – पाठ्यक्रम विकास केन्द्रले व्यावहारिक अभ्यास कार्यान्वयन निर्देशिका २०८३ जारी गरेको छ । कक्षा ९ देखि १२ को प्राविधिक तथा व्यावसायिक धारको पाठ्यक्रम अनुसार निर्देशिका जारी गरेको हो ।


विद्यार्थीहरु कार्यक्षेत्रमा गई प्रयोगात्मक रुपमा गरिने व्यवहारिक अभ्यास कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्देशिका जारी गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।


सरकारले एसईईको नतिजा परीक्षा सकिएको एक महिनामा र कक्षा १२ को ४५ दिनमै नतिजा निकाल्ने अभ्यास गरेकोले प्राविधिक धारका विद्यार्थीलाई समस्या नहोस र उनिहरुको नतिजा समयमै ल्याउने उदेश्यले निर्देशिका जारी गरिएको केन्द्रले जनाएको छ ।


हेर्नुहोस निर्देशिका