कार्यक्रम कार्यन्वयन कार्यविधि सार्वजनिक,६९ प्रतिशत स्थानीय तहमा वित्तीय हस्तान्तरण

काठमाडौँ /११ साउन – शिक्षा तथा खेलकुद् मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ का लागि कार्यक्रम कार्यन्वयन कार्यविधि सार्वजनिक गरेको छ ।


स्थानीय र प्रदेश तहबाट कार्यन्वयन हुने सर्सत अनुदान अन्तर्गतका कार्यक्रम एवम् शिक्षा विकास तथा समन्वय इकाईबाट कार्यन्वयन हुने कार्यक्रम सँग सम्बन्धीत कार्यविधि सार्वजनिक गरेको हो ।


आव २०८३/८४ को कुल राष्ट्रिय बजेट २१ खर्ब २४ अर्ब ३४ करोडमध्ये शिक्षा तथा खेलकुदका क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरिएको छ । यो कुल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत हो ।


शिक्षा क्षेत्रको बजेटको ठुलो हिस्सा विद्यालय शिक्षामा खर्च हुने र विद्यालय शिक्षाका क्रियाकलापको कार्यान्वयन मुख्यतः स्थानीय तहबाट हुने भएकाले यस क्षेत्रको कुल बजेटको ६९ प्रतिशत स्थानीय तहमा र २ प्रतिशत प्रदेश तहमा वित्तीय हस्तान्तरण गरिएको कार्यविधिमा उल्लेख छ । सङ्घीय तहका लागि उक्त बजेटको २९ प्रतिशत विनियोजन भएको छ ।


स्थानीय तहका लागि वित्तीय हस्तान्तरण भएको जम्मा १ खर्ब ५० अर्ब ७८ करोड ७३ लाखमध्ये १ खर्ब ३ अर्ब ७० करोड ३५ लाख बजेट तलब भत्तामै खर्च हुने तथा स्थानीय तहका लागि विनियोजन भएको जम्मा बजेटको ७८.७१ प्रतिशत रहेको जनाइएको छ ।


हेर्नुहोस कार्यक्रम कार्यन्वयन पुस्तिका