काठमाडौं/२० चैत–लोकसेवाको तयारी कक्षा सञ्चालन गर्दै आएको ओटिसले जिके र आइक्यूका दश जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएको छ ।
ओटिसले लोकसेवा अन्तर्गत खरिदार तहको तयारी गरेर बसिरहेकालाई मध्यनजर गर्दै महिला, दलित, अपांगत, जनजाती, मधेसी, दुर्गम क्षेत्रका जेहेन्दार तथा गरिब विद्यार्थीहरुलाई जिके र आईक्यू खण्डका अनलाइन तयारी कक्षाहरु निःशुल्क प्रदान गर्नुका साथै छात्रावृत्तिका लागि दरखास्त आव्हान गरेको छ ।
ओटिसले दलित तथा जनजाती मध्येबाट २ जना, अपांगत मध्येबाट २ जना, दुर्गम क्षेत्रका २ जना, मधेसी समुदायको २ जना र महिला २ जनालाई गरी १० जनालाई छात्रवृत्ति दिन लागेको हो । विद्यार्थीहरुले एसएलसी÷एसईईको मार्र्किसट नागरिकताको प्रतिलिपि सहित चैत २५ गतेसम्म छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।
विद्यार्थीहरुले यो लिकं क्लिक गरेर आवश्यक कागजात बुझाउन सक्नेछन् ।



