काठमाडौं/५ मंसिर– अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले प्रावि तहको नक्कली स्थायी अध्ययन अनुमति पत्र पेश गरी जागिर खाने एक शिक्षक विरुद्ध विशेष अदालतमा मुुद्दा दायर गरेको छ ।
श्री राष्ट्रिय प्राथमिक विद्यालय साविक लक्ष्मी निवास गा.वि.स वडा नं. ८ धनुुषाकी शिक्षक संगीता कुमारी महतोले नक्कली अध्यापन अनुमति पत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आयोगले जनाएको छ ।
उनले ०६४ कात्तिक ११ गते प्राथमिक तहको राहत कोटामा शिक्षक पदमा नियुक्ति हुनका लागि नक्कली अध्यापन पत्र पेश गरेको पाइएको हो । उनको शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरबाट प्राप्त प्रावि तहको स्थायी अध्ययन अनुमति पत्र नक्कली रहेको आयोगले बताएको छ । उनले नक्कली अध्यापन अनुमति पत्र पेश गरी सरकारी लाभ सुविधा लिएको पुुष्टि भएकाले मुुद्दा दायर गरिएको हो ।