काठमाडौं/५ मंसिर– नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले एमबीबीएस विषयमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरुको योग्यता सूूची प्रकाशन तथा दावी विरोधसम्बन्धी सूचना सार्वजनिक गरेको छ ।
शाखाले निर्धारित योग्यताक्रम सूचीउपर कुनै दाबी–विरोध भए प्रमाणसहित उम्मेदवार स्वयंले ०७६ मंसिर ८ गतेभित्र छात्रवृत्ति शाखा केशरमहलमा स्वयं उपस्थित भई निवेदन दिन अनुुरोध गरेको छ । शाखाका अनुसार तोकिएको समयसीमा भित्र नआएका दाबी–विरोध उपर कुनै सुुनवाई हुने जानकारी दिएको छ ।