विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन प्रस्ताव

काठमाडौँ /२४ बैशाख – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय कर्मचारी र बालविकास शिक्षकहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक अनुसार तलब उपलब्ध गराउने प्रस्ताव गर्ने तयारी गरेको छ । अबको आर्थिक वर्ष २०८१/०८२ को बजेटमा समावेश हुनेगरी उक्त प्रस्ताव अर्थ मन्त्रालय पठाउने भएको हो ।


यस विषयमा छलफल भइरहेपनि निर्णय हुन बाँकी रहेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता केशव प्रसाद दाहालले बताए । उनले विद्यालय कर्मचारी र बालविकास शिक्षकहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनका लागि सङ्घीय सरकारले दिने की स्थानीय तहसँग साझेदारी गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयसँग बसेर छलफल गर्न बाँकी रहेको बताए ।


साथै अघिल्लो वर्ष बजेट मार्फत स्थानीय तहलाई उपलब्ध गराउन भनिएको तलब केहीले दिए पनि केही नदिएपछि यसलाई बजेटमा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा अर्थ मन्त्रालयसँग छलफल गरेर अगाडी बढ्ने उनले जानकारी दिए ।


त्यसैगरी विद्यालय कर्मचारीहरूको महँगी भत्ता उपलब्ध गराउनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिएको प्रवक्ता दाहाले जानकारी दिए । पत्र पठाएपनि अर्थ मन्त्रालयको थप कुनै निर्णय नआएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *