काठमाडौँ /५ जेठ – त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायले विद्यावारिधिमा (पिएचडी) नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । शिक्षाशास्त्र संकाय, ग्य्राजुएट स्कुल अफ एजुकेसनबाट सञ्चालन हुने दर्शनाचार्य एकीकृत विद्यावारिधि कार्यक्रम अन्तर्गत विद्यावारिधि (पिएचडी) कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन माग गरेको हो ।
नवौं ब्याचको शैक्षिक वर्ष २०८०/२०८१ का लागि भर्ना फाराम २०८१ जेठ ०६ गतेदेखि २०८१ जेठ मसान्तसम्म वितरण हुने विश्वविद्यालयले जनाएको छ ।
भर्ना कार्यक्रम सम्बन्धी विस्तृत जानकारी ग्य्राजुएट स्कुलको वेबसाइट www.gsetu.edu.np मा रहेर्न सकिने छ ।



