ताइक्वान्दो प्रतियोगितामा स्वर्ण र कास्य पदक फेरिल्याण्डलाई

काठमाडौं /१७ माघ – ‘पाँचौँ प्रधान सेनापति छात्रा ताइक्वान्दो प्रतियोगिता– २०८०’मा स्वर्ण र कास्य पदक फेरिल्याण्डलाई एकेडेमीका विद्यार्थीले हात पार्न सफल भएका छन् । बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको फेरिल्याण्ड एकेडेमीका खेलाडीहरूले स्वर्ण र कास्य पदक जितेका हुन् ।


प्रतियोगितामा फेरिल्याण्ड एकेडेमीबाट ४२ केजी तौलमा सहभागी खेलाडी कृतिका कटुवालले स्वर्ण पदक जितेकी छन् भने ५३ केजी तौल समूह र पुम्से विधामा युनिका खतिवडा ले कास्य पदक प्राप्त गरेकी छन् ।