भ्याली पब्लिक स्कुलले आइतवार शैक्षिक प्रदर्शनी आयोजना गर्ने

काठमाडौँ /१० फागुन – काठमाडौँको बुढानीलकण्ठ, सुन्दर वस्तिमा रहेको भ्याली पब्लिक स्कुलले आगामी आइतवार शैक्षिक प्रदर्शनी २०८० को आयोजना गर्दै छ । विद्यार्थीहरूले विभिन्न सिकाई उपलब्धिहरूलाई समेटेर तयार पारिएको परियोजना कार्यहरू, व्यवहारिक जीवनमा कसरी प्रयोग गरिन्छ भन्ने कुराहरूलाई समावेश गरेर शैक्षिक प्रदर्शनी २०८० गर्ने भएको हो ।


विद्यार्थीहरूले वर्षभरि बनाएका प्रोजेक्टहरू तथा विद्यार्थीहरूका विभिन्न समूहले निर्माण गरेका सामग्रीहरू प्रदर्शन गरिने र उक्त शैक्षिक मेलामा अभिभावक तथा विद्यार्थीहरूले सिकाईसँगै व्यवहारिक शिक्षा कसरी सिक्दा रहेछ भनेर प्रत्यक्ष रूपमा अनुभव गर्न पाउने विद्यालयले जनाएको छ ।


बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म चल्ने शैक्षिक मेलामा विभिन्न ३० भन्दा बढी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनुका साथै विभिन्न खेल, आर्ट, फेस पेटिङ लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरू समेत हुने विद्यालयको भनाई छ ।