काठमाडौँ /२३ बैशाख – शिक्षा तथा मानव स्रोत विकास केन्द्र, अनुसन्धान तथा गुणस्तर सुधार शाखाले नयाँ विद्यार्थी भर्ना विवरण पठाउन निर्देशन दिएको छ । ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईहरूलाई शैक्षिक सत्र २०८१ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको विवरण पठाउन भनेको हो ।
कार्ययोजना अनुसार शैक्षक सत्रमा विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरूको हालसम्मको विवरण स्थानीय तहसँग समन्वय गरी केन्द्रको आईईएमएस शाखामा यही बैशाख २५ गतेभित्र पठाउन निर्देशन दिएको हो ।