विद्यार्थीका लागि “करियरका कुरा : कक्षादेखि लक्ष्यसम्म” कार्यक्रमको सुरुवात्

काठमाडौँ /४ जेठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीका लागि “करियरका कुरा : कक्षादेखि लक्ष्यसम्म” कार्यक्रमको सुरुवात गरेको छ । विद्यार्थीहरूलाई उत्प्रेरणा जगाउने उदेश्यले कार्यक्रमको सुरुवात गरेको हो ।


कार्यक्रमको सुरुवातसँगै जीवनमा के बन्ने भन्ने विषय निकै जटिल रहेको र यसबारे घर परिवार, विद्यालय, शिक्षक, समुदाय र समग्र राष्ट्रसमेत लाग्नु पर्ने बेला आएको मन्त्रालयले जनाएको छ ।


प्रयास नगरी, मिहिनेत नगरी जीवनमा सम्भव नहुने भन्दै सोच्ने तरीका र प्रेरणा को सँग लिने लगायतका जवाफ खोज्नका लागि कार्यक्रम थालिएको जनाइएको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठले विद्यार्थीहरूलाई प्रेरणा र परामर्श दिनका लागि कार्यक्रम ल्याइने बताउँदै आएकी थिइन । उन कै अग्रसरतामा यो कार्यक्रम ल्याइएको हो ।


साथै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि विद्यार्थीलाई परामर्श दिने विषयलाई समावेश गरेको छ ।


यहाँबाट होर्नुहोस करियरका कुरा : कक्षादेखि लक्ष्यसम्म