काठमाडौँ /१ फागुन – सुदेशा स्कुलले फागुन ४ गते शुक्रवारका दिन सुदेशा लर्निङ एण्ड फन मेलाको आयोजना गर्न भएको छ । सुदेशा स्कुलले सिकाईका विविध मापनहरूलाई गहिराईसँग पुगेर विद्यार्थीहरूले गरेका नियमित क्रियाकलापहरूलाई प्रस्तुत गर्ने भएको हो ।
मेलामा विद्यार्थीहरूले वर्षभरि बनाएका प्रोजेक्टहरू प्रदर्शन गर्ने विद्यालयका प्रिन्सिपल विरंगना मर्हजनले जानकारी दिइन । जसमा आाईसीटि प्रोजेक्ट मेलाको एउटा महत्वपूर्ण अंग हुनेछ । सुदेशा स्कुलमा युकेको एनसीसी बेस्डमा कम्प्युटर कक्षाहरु संचालन भईरहेको छ । विद्यार्थीहरुले नियमित सिकाईको आधारमा थुप्रै प्रोजेक्टहरू बनाई राखेका हुन्छन् । मेलामा विद्यार्थीहरुले वर्षभरि बनाएका प्रोजेक्टहरू प्रदर्शन गरिनेछ उनले भनिन् ।
विद्यार्थीहरूले कक्षा १ देखि १० सम्म नै स्टिमको अवधारणामा नियमित कक्षामा सिकाईको सिलसिलामा थुप्रै प्रोेजेक्टहरू बनाएको हुँदा स्टिमसंग सम्बन्धित प्रोजेक्टहरू मेलाको आर्कषक प्रस्तुति हुनेछ । प्रस्तुति हेरिसकेपछि अभिभावकहरूले आफ्ना छोराछोरीले कसरी सिक्दा रहेछन् भनेर प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन् ।
साथै स्काउट नियमित क्रियाकलाप अन्तर्गत पर्ने र स्काउटलाई ईसिए भन्ददा पनि जीवनको सीपसँग जोडेर अगाडी बढाएको जनाएको छ । स्काउटबाट बाबुनानीहरूले कसरी खाना पकाउने, समूहमा मिलेर कसरी काम गर्ने रु आफ्नो जिम्मेवारी कसरी बहन गर्ने जस्ता विविध कुराहरू आफैले गरेर सिक्दछन् ।
मेलामा लाइफ स्किलसँग सम्बन्धित क्रियाकलापहरू पनि समावेश गरिएको र थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरू, तथा फेस पेटिङ रहने छन् ।