काठमाडौं/३ मंसिर – प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) को आयोजनामा तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ भोलिदेखि जनकपुरमा सुरु हुँदैछ । ‘सामुदायिक विद्यालयलाई सबै मिलेर उत्कृष्ट बनाऔँ’ भन्ने मूल उद्देश्यका साथ मंसिर ४ देखि ६ गतेसम्म तीनदिने सम्मेलन आयोजना हुन लागेको हो ।
सम्मेलनमा भुटानका पूर्व शिक्षामन्त्री, साइप्रस र जर्मनीका शिक्षा विज्ञ, शिक्षा मन्त्रालयका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षाविद् तथा स्थानीय सरकारका प्रतिनिधिलगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनलाई शिक्षाका विषयमा छलफल र ज्ञान आदानप्रदान गर्ने साझा थलोका रूपमा मात्र नभई शिक्षा क्षेत्रको कुम्भमेलाका रूपमा लिइएको पानका अध्यक्ष सुदाम गौतमले बताए । नेपालको विद्यालय शिक्षाको वास्तविक अवस्था, विश्व परिवेशमा नेपालको शिक्षा प्रणालीलाई कसरी अगाडि बढाउने तथा सामुदायिक विद्यालयको गुणस्तर सुधारका विषयमा बृहत् छलफल हुने उनले जानकारी दिए ।
सम्मेलनको पहिलो दिन उद्घाटनसत्रसँगै दुईवटा विषयगत सत्र सञ्चालन हुनेछन् । सोही दिन विभिन्न विधामा छनोट भएका उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, स्थानीय तह, शिक्षा क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरिने कार्यक्रम रहेको छ ।
दोस्रो दिन मुख्य वक्ताको प्रस्तुति (की–नोट सेसन), प्यानल छलफल तथा शिक्षा विधेयकका सवालमा सांसदहरूसँग संवाद गरिनेछ ।
त्यसैगरी, तेस्रो तथा अन्तिम दिन सम्मेलनमा उठेका विषय र सुझाव समेट्दै देशको विद्यालय शिक्षा रूपान्तरणका लागि ‘जनकपुर घोषणा’ जारी गरी सम्मेलन समापन गरिने आयोजकले जनाएको पानको तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन भोलिदेखि जनकपुरमा हुँदै

Share
Post
Email
Share
काठमाडौं/३ मंसिर – प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) को आयोजनामा तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ भोलिदेखि जनकपुरमा सुरु हुँदैछ । ‘सामुदायिक विद्यालयलाई सबै मिलेर उत्कृष्ट बनाऔँ’ भन्ने मूल उद्देश्यका साथ मंसिर ४ देखि ६ गतेसम्म तीनदिने सम्मेलन आयोजना हुन लागेको हो ।
सम्मेलनमा भुटानका पूर्व शिक्षामन्त्री, साइप्रस र जर्मनीका शिक्षा विज्ञ, शिक्षा मन्त्रालयका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षाविद् तथा स्थानीय सरकारका प्रतिनिधिलगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनलाई शिक्षाका विषयमा छलफल र ज्ञान आदानप्रदान गर्ने साझा थलोका रूपमा मात्र नभई शिक्षा क्षेत्रको कुम्भमेलाका रूपमा लिइएको पानका अध्यक्ष सुदाम गौतमले बताए । नेपालको विद्यालय शिक्षाको वास्तविक अवस्था, विश्व परिवेशमा नेपालको शिक्षा प्रणालीलाई कसरी अगाडि बढाउने तथा सामुदायिक विद्यालयको गुणस्तर सुधारका विषयमा बृहत् छलफल हुने उनले जानकारी दिए ।
सम्मेलनको पहिलो दिन उद्घाटनसत्रसँगै दुईवटा विषयगत सत्र सञ्चालन हुनेछन् । सोही दिन विभिन्न विधामा छनोट भएका उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, स्थानीय तह, शिक्षा क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरिने कार्यक्रम रहेको छ ।
दोस्रो दिन मुख्य वक्ताको प्रस्तुति (की–नोट सेसन), प्यानल छलफल तथा शिक्षा विधेयकका सवालमा सांसदहरूसँग संवाद गरिनेछ ।
त्यसैगरी, तेस्रो तथा अन्तिम दिन सम्मेलनमा उठेका विषय र सुझाव समेट्दै देशको विद्यालय शिक्षा रूपान्तरणका लागि ‘जनकपुर घोषणा’ जारी गरी सम्मेलन समापन गरिने आयोजकले जनाएको छ ।


