शिक्षा क्षेत्रका सफल नारीहरु

हरेक वर्ष मार्च ८ तारिखका दिन नारीे दिवस मनाईन्छ । अन्तर्राष्ट्रिय नारी दिवस वास्तवमा मजदुर आन्दोलनको उपज हो, जसलाई पछि संयुक्त राष्ट्रले मान्यता दिएको थियो । आजभन्दा १ सय १२ वर्ष अघि अर्थात् सन् १९०८ देखिअन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो । त्यतिबेला महिलाहरूले कामको उचित मूल्य, समय, स्वस्थकर वातावरण, सामाजिक सुरक्षा र मत खसाल्न पाउने समान अधिकारका लागि माग गर्दै अमेरिकाको न्यूयोर्क शहरमा करिब १५ हजार महिलाहरूले सडकमा हड्ताल र विशाल जुलुस प्रदर्शन गरेका थिए ।
महिलाको यो विरोध प्रदर्शनको एक वर्षपछि अमेरिकाको सोसलिष्ट पार्टीले राष्ट्रिय महिला दिवस मनाउने घोषणा गरेको थियो । फलस्वरूप महिलाले सार्वजनिक क्षेत्रमा पनि प्रवेश पाउनुपर्ने, रोजगारीको अधिकार सुनिश्चित हुनुपर्ने, मताधिकार हुनुपर्ने जस्ता कुरामा बहस चल्न थाल्यो र महिला अधिकार ज्वलन्त बहसको विषय बन्यो ।महिला दिवसको योगदान भने जर्मनीकी मार्कसवादी नेतृ क्लारा जेटकिनलाई जान्छ । क्लारा जेटकिनले सन् १९१० मा विश्व स्तरमा महिला दिवस मनाउने प्रस्ताव पेश गरेकी थिइन् ।
क्लाराले त्यतिबेला युरोपेली देश डेनमार्कको राजधानी कोपेनहेगेनमा कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थिति जनाएकी थिइन् । १७ देशका एक सय बढी महिला सहभागिता रहेको सो सम्मेलनमा महिला दिवससम्बन्धी उनको प्रस्ताव सर्वसम्मत पारित गरिएको थियो । यसरी आजभन्दा ११० वर्षअगाडि श्रमिक महिलाको अवस्था जस्तो थियो, अहिले पनि त्यस्तै छ । शोषणका स्वरुपमा परिवर्तन आएको छ तर स्थितिमा अपेक्षाकृत सुधार भने आएको छैन ।


नेपालमा भने नारी दिवस वि.सं. १९७५ देखि मनाइँदै आइरहेको छ । नारी दिवसको अवसरमा खबर एजुकेशनका लागि संवाददाता श्री निरशोभा बलामीले नेपालको शिक्षा क्षेत्रमा सक्रिय रहेका महिलाहरुसंग गरिएको कुराकानीमा तयार पारीएको रिपार्ट :

दीपीका रिमाल थापा
प्रिन्सिपल
सिद्धार्थ विद्यापीठ स्कुल


२०३९ सालदेखि शिक्षण पेशमा कार्यरत सिद्धार्थ विद्यापीठ स्कुलकी प्रिन्सिपल दीपीका रिमाल थापा अहिले पनि सक्रिय रुपमा शिक्षण पेशामा कार्यरत छिन् । निजी विद्यालय क्षेत्रमा सक्रिय महिला प्रिन्सिपलका रुपमा उनले आफ्नो परिचय बनाएकी छिन् । नयाँ नयाँ शिक्षण विधि र प्रविधिको प्रयोग गर्दै विद्यार्थीहरुलाई अहिलेको विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा उनको विद्यालयले प्रदान गर्दै आईरहेको छ । सिद्धार्थ वनस्थली स्कुलबाट पढाउन सुरु गरेकी उनले २०५६ सालमा आफ्नै स्कुल सञ्चालनमा ल्याईन् । त्यसबेलाको समयमा अरु पेशालाई भन्दा शिक्षण पेशालाई सुुरक्षित पेशा मानिने उनको भनाई छ । मास्र्टस सम्म अध्ययन गरेकी उनको एसएलसी पछि नै बिवाह भएको बताउँदै उनले भनिन्,“परिवार राम्रो भएको कारण विवाह पछि पनि पढ्न पाए ।” छोराछोरी हुर्केपछि उनले स्नातक र मास्र्टस सकेकी हुन् । महिला र पुरुष बराबार हुन् भन्ने सोच राख्ने उनी महिला र पुरुषबीच हुने विवादको अन्त्य हुनुुपर्छ भन्ने चाहान्छिन् । पहिलेको तुलनामा अहिले केही परिर्वतन आएको भएपनि गाउँघरमा अझैपनि महिलालाई कमजोर पात्रका रुपमा नै हेरिदा दुुःख लाग्ने उनको गुनासो छ । बिवाहपछि पनि महिलालाई काम गर्न सक्ने अवसर प्रदान गर्नुपर्ने उनको भनाई छ ।

विराङ्गाना महर्जन
प्रिन्सिपल
सुदेशा स्कुल


सुदेशा स्कुलकी प्रिन्सिपल विराङ्गाना महर्जन शिक्षित महिला भएकै कारण आफूले विभेदको सामना गर्नु नपरेको बताउँछिन् । तर, अन्य क्षेत्रमा महिला भेदभाव पर्ने गरेको उनको भनाई छ । शिक्षा क्षेत्रमा नारी पुरुषबीच खासै भेदभाव नहुने बताउँदै उनी भन्छिन्,“स्कुलमा महिला र पुुरुष दुुवैलाई समान शिक्षा र अवसर प्रदान गरिन्छ ।” शिक्षकशिक्षिकाहरुले पारिश्रमका पनि पहिलाको जस्तो नारी पुुरुष नभनी आफ्नो क्षमता र तह अनुसारको पाउने गरेको उनको भनाई छ । थोरै मात्रामा भएपनि अहिले हरेक क्षेत्रमा महिलाको उपस्थिति रहेको छ । तर, ग्रामिण क्षेत्रमा भने अझैपनि महिलाहरु पिछडिएका छन् । यसका लागि सचेतना कार्यक्रमको खाँचो रहेको उनको तर्क छ । महिलाहरुका लागि जति पनि सीप तथा तालिम योजनाहरु ल्याइएका हुन्छन्, ती सबै सहरी क्षेत्रमा मात्र सीमित हुने हुँदा ग्रामीण क्षेत्रका महिलाहरु पिछडिएको उनको बुुझाइ छ । महिलालाई अवसर प्रदान गर्ने हो भने जुनसुुकै क्षेत्रमा पनि राम्रो गर्न सक्छन् । महिला सशक्तिकरणका कार्यक्रमलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गरी सबै क्षेत्रका महिलालाई विभेद रहित रुपमा काम गर्न सक्ने वातावरण निर्माणमा सबैले हातेमालो गरी सहयोग गर्नुपर्ने उनको भनाई छ । राज्यले जुनसुकै क्षेत्रमा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने नीति बनाइएको छ । त्यसलाई परिवर्तन गरी ५० प्रतिशत बनाउन सकेमा मात्र महिला दिवसको सार्थकता हुने उनको तर्क छ ।

संगिता श्रेष्ठ
प्रिन्सिपल
भि.एस निकेतन स्कुल



२०५० सालदेखि शिक्षा क्षेत्रमा अनवरत रुपमा कार्यरत अर्की शिक्षिका हुन्, संगिता श्रेष्ठ । उनि भि.एस. निकेतन स्कुलकी प्रिन्सिपल हुन । महिलालाई घरपरिवारको साथ र सहयोग भएमा राम्रो क्षेत्रमा आफूलाई स्थापित गर्न सक्ने उनको बुुझाइ छ । पहिलाको दाँजोमा अहिले महिलाहरु धेरै शिक्षित भएको बताउँदै उनले भनिन्,“शिक्षित भएकै कारण अहिले महिलाहरु अवसरहरुबाट वञ्चित हुनुु परेको छैन ।”अहिलेको परिस्थितिमा महिलाहरूलाई जहाँ शिक्षा छैन, परिवारको साथ सहयोग छैन, जो अवसरबाट वञ्चित भएका छन् र कतिपय क्षेत्रमा शोषणमा परेका छन्, ती सम्पूर्ण महिला दिदीबहिनिहरूले अहिलेको २१ औं शताब्दीमा आफ्नो हक र अधिकारका लागि आवाज उठाउनुपर्ने उनको भनाई छ । आफ्नो हक, अधिकार र शोषणका विरुद्ध आफ्ना लागि महिला आफैले लड्नुुपर्ने उनले भनिन् । उनका अनुसार महिलालाई अघि बढ्न सबैभन्दा पहिले घरपरिवारको साथ र सहयोग मिल्नुपर्छ अनि मात्र समाज र राज्यको सहयोग चाहिन्छ ।

ऋतु न्यौपान
चिफ अपरेटिङ अफिसर
डि.भि. एजुकेशन (सुुभश्री, सेफर्ड र ट्रिटन कलेज)



त्यस्तै, ३० वर्षेकै उमेरमा आफूलाई शिक्षण संस्थामा अब्बल नेतृत्व गरी स्थापित गर्न सफल छिन्, ऋतु न्यौपाने । उनी सुुभश्री, सेफेड र ट्रिटन तीन वटा कलेजमा चिफ अपरेटिङ अफिसर भएर काम गरिरहेकी छिन् । म्यानेजमेन्ट विषयमा मास्र्टस सकेकी उनी निर्णय गर्न सक्ने क्षमता भयो भने महिलाले हरेक क्षेत्रमा राम्रो गर्न सक्ने बताउँछिन् । ४ वर्ष देखि सीओओ भएर कार्यरत उनले प्लस टुु अध्ययन गर्दै देखि जब गर्न थालेकी हुन् । यहाँ सम्म आइपुुग्दा धेरै संघर्ष गरेकी सुरु सुरुका दिनमा नेतृत्व गर्न सक्दिन भन्नेहरु धेरै भएको भएपनि आफूमा गर्न सक्छु भन्ने भावना भएका कारण यहाँ सम्म आइपुुगेको उनको भनाई छ । महिला भएकै कारण शिक्षा क्षेत्र कार्यरत भएकाले धेरै समस्या भोग्नुु नपरेको उनको अनुुभव छ । आफूसँग गर्न सक्छुु भन्ने आत्मविश्वास भएमा कुनै पनि क्षेत्रमा काम गर्न सकिने उनले बताइन् । उनलाई नर्स बनाउने अभिभावकको चाहान भएपनि उनको रुची व्यवस्थापकिय विषयमा भएकाले नर्स नपढेर म्यानेजमेन्ट पढेकी उनले आमाबुुबाको सपना साकार गर्न नसकेपनि आज उनको क्षेत्रमा सफल छिन् । उनको मिहेनत र संघर्षले नै उनलाई यहाँ सम्म ल्याई पुु¥याएको उनको भनाई छ ।
वर्षमा एकचोटि नारी दिवसलाई पर्वका रुपमा मात्र मनाउने भन्दा पनि नारीमा भएको क्षमता, सीप र ज्ञानलाई प्रस्तुत गर्नका लागि साथ र सहयोग दिई हरेक क्षेत्रमा नारी र पुरुष बराबार हुन भन्ने मानसिकता विकास गराउन आवश्यक छ ।