सुर्खेत/१८ साउन–मध्यपश्चिम विश्वविद्यालयले ग्य्राजुएट स्कुल अफ एग्रीकल्चर एण्ड फरेष्ट्री र ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङका लागि उपप्राध्यापक तथा प्रशिक्षक र प्रशासनिक पदहरूमा आवेदन माग गरेको छ । करार सेवामा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना निस्केको ३५ दिन भित्र रीतपूर्वक दरखास्त फाराम भरी सम्बन्धीत डीन कार्यालयमा बुझाउनुपर्ने छ ।
उपप्राध्यापक (करार)का लागि ६ जना, प्रशिक्षक १ जना, मुख्य सहायक (प्रशासन) १ , लेखा १ जना, ल्यब १ जना र मुख्य सहायक र सहायक गरी लाइब्रेरीमा २ जनाका लागि आवेदन माग गरेको छ ।




