काठमाडौं/१८ साउन-नेपाल शिक्षक महासंघले नेपाली शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि हुने कुनै पनि प्रकारको षडयन्त्र वा धोकाका प्रयत्नको कडा प्रतिरोध गर्नेतावनी दिएको छ । शिक्षा ऐनका मस्यौदाका नाममा सामाजिक सञ्जालमा फरक फरक विषय समेटिएका थरिथरिका दस्तावेज सार्वजनिक भइरहेको बताउँदै सरकारले शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि षडयन्त्र गरे कडा रुपमा आन्दोलनको कार्यक्रम सहित अघि आउने चेतावनी दिएको छ ।
‘सरकारले आधिकारिकरुपमा मुख्य सरोकार पक्ष नेपाल शिक्षक महासङ्घसँग नयाँ ऐन सम्बन्धमा आवश्यक सहकार्य र छलफल गरेको छैन । यस घटनालाई नेपाली शिक्षक–कर्मचारीका जायज मागमुद्दामाथि धोका वा षडयन्त्रको लक्षणरुपमा हामी बुझिरहेका छौं । नेपाली शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि हुने कुनै पनि प्रकारको षडयन्त्र वा धोकाका प्रयत्नको कडा प्रतिरोध गर्न ने.शि. महासङ्घ अबकडा आन्दोलनकोकार्यक्रम सहित अघि आउने कुरा उद्घोष गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।
साथै आन्दोलनबाट सिर्जना हुने परिणामप्रति सरकार आफू जिम्मेवार हुने कुरा अवगत गराउँदै शिक्षक–कर्मचारीको हकहित सुरक्षा र स्वभिमानका खातिर तुरुन्तै थालनी हुने आन्दोलनका लागितम्तयार रहन सबै शिक्षक–कर्मचारीहरुलाई अपील गरेको छ ।
हेर्नुहोस महासंघको वक्तव्य :
लामो प्रतीक्षा पछि आउने क्रममा रहेको नयाँ सङ्घीय शिक्षा ऐनलेशिक्षक–कर्मचारीका सबै मागमुद्दा सम्बोधन गरीदेशमा गुणस्तरीय शिक्षाको विकासका लागिनयाँ बाटो तय गर्नुपर्दछ । यसकालागि नयाँ सङ्घीय शिक्षा ऐनले नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बीच भएका विगतका सबै सहमतीको कार्यान्वयन गरी स्थायी,राहत, साविक उमावि, बालकक्षा, अस्थायी÷करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खालका शिक्षक र विद्यालय कर्मचारीका मागमुद्दासम्बोधन गर्न सक्नुपर्छ ।
अहिले सङ्घीय शिक्षा ऐनका मस्यौदाका नाममा सामाजिक सञ्जालमा फरक फरक विषय समेटिएका थरिथरिका दस्तावेज सार्वजनिक भइरहेका छन् । सरकारले आधिकारिकरुपमा मुख्य सरोकार पक्ष ने.शिन महासङ्घसँग नयाँ ऐन सम्बन्धमा आवश्यक सहकार्य र छलफल गरेको छैन । यस घटनालाई नेपाली शिक्षक–कर्मचारीका जायज मागमुद्दामाथि धोका वा षडयन्त्रको लक्षणरुपमा हामी बुझिरहेका छौं । नेपाली शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि हुने कुनै पनि प्रकारको षडयन्त्र वा धोकाका प्रयत्नको कडा प्रतिरोध गर्न ने.शि. महासङ्घ अबकडा आन्दोलनकोकार्यक्रम सहित अघि आउने कुरा उद्घोष गर्दछ । यसबाट सिर्जना हुने परिणामप्रति सरकार आफू जिम्मेवार हुने कुरा अवगत गराउँदै शिक्षक–कर्मचारीको हकहित सुरक्षा र स्वभिमानका खातिर तुरुन्तै थालनी हुने आन्दोलनका लागितम्तयार रहन हामी सबै शिक्षक–कर्मचारी साथीहरुमा अपील गर्दछौं ।



