शिक्षा ऐन आएपनि कार्यन्वयन हुनेमा विश्वास गर्न सकिदैन : डा.विद्यानाथ कोइराला

काठमाडौं/१६ साउन-शिक्षाविद् डा. विद्यानाथ कोइरालाले नयाँ शिक्षा ऐन आएपनि कार्यान्वयन हुन्छ भन्नेमा विश्वास गर्न नसकिने बताएका छन् । ऐन आएपनि निमावली नहुने, नियमावली भए कार्यविधि नहुने भन्दै कार्यान्वयन हुन्छ भनेर विश्वास गर्न नसकिने बताएका हुन् ।


उनले ऐन आउँदैमा के के नै हुन्छ भन्नेमा विश्वास नरहेको बताउँदै ऐन आए नियमावली नहुने, नियमावली आए कार्यविधि नहुने र ऐन, नियमावली, कार्यविधि तीनवटै नभए कार्यान्वयन नहुने दाबी गरे ।


उनले भने ‘२०७५ मा अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको छ । २०७७ मा नियमावली पनि बनेको छ । तर त्यसले काम गर्न सकेको छैन, त्यसकारण ऐन आउने वित्तिकै सारा हुन्छ भनेर विश्वास गर्न सकिदैन ।’ पालिकाहरुलाई आफ्ना निम्ती ऐन, नियमावली, कार्यविधि सबै बनाउने अधिकार दिएपनि केही ठाउँमा काम भएको र धेरैले वहाना मात्रै बनाएको बताए ।


‘आए सारै असल हुन्थ्यो, ल्याउने रहर नेतृत्वले गरिरहेको छ, केही सम्भावना पनि छ, आशा गरौं तर, आउने वित्तिकै राता रात हुन्छ भन्ने दृष्टिकोण मैले राख्दिन’ उनले भने ।