काठमाडौं १५ साउन ७ वर्ष ३४० दिनको उमेरमा विश्वकिर्तिमानी राख्न सफल सौगात विष्टले मनास्लु वर्ल्ड कलेजमा कक्षा ११ मा कानुन विषय अध्ययन गर्नका लागि भर्ना गरेका छन् । मनास्लुले राष्ट्रिय प्रतिभा भएकोले विष्टलाई कक्षा ११ तथा १२ अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्ति दिएको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले जनाए । विष्टले विश्वको सवैभन्दा कान्छो निर्देशकको रुपमा सन २०१४ मा विश्वकिर्तिमान राख्न सफल भएका थिए । उनले निर्देशन गरेको चलचित्र “लव यु बााबा” मार्फत विश्वकिर्तिमान राख्न सफल भएका थिए ।
मनास्लु वर्ल्ड कलेजले जेहेन्दार तथा विभिन्न अतिरिक्त कृयाकलापका क्षेत्रहरु–खेलकुद, गायन, नृत्य तथा विभिन्न फरक क्षमताका विद्यार्थीहरुलाई स्थापना कालदेखिनै ५० % देखि १०० % सम्म छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसरी विभिन्न विधामा अब्बल तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर विभिन्न क्षेत्रमा सफल नेतृत्व उत्पादन गर्ने मनास्लु कलेजको मुख्य उद्देश्य रहेको कलेजका अध्यक्ष गेन्द्र लामाले जानकारी दिए ।
हजारौंको रोजाईमा रहेको मनास्लु वर्ल्ड कलेजमा विज्ञान, व्यवस्थापन, कानुन तथा मानविकि संकायमा अध्ययन अध्यापन गराइन्छ ।



