काठमाडौं/१४ साउन-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउन १६ गते मंगलबार मन्त्रीपरिषदको बैठकबाट संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउने बताएका छन् । समाजवादी विद्यार्थी मोर्चाले आज गरेको कार्यक्रममा बोल्दै मंगलबार संघीय शिक्षा ऐन संसदमा लैजाने तयारी भइरहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने ‘प्रधानमन्त्रीको हैसियतले भन्न चाहान्छु, पर्सी मंगलबारको मन्त्रिपरिषद बैठकबाट पहिलोचोटी संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदैछ, मलाई लाग्छ यो एउटा आफैमा गुणात्मक प्रकृतिको कदम हुनेछ, शिक्षा क्षेत्रका अहिले देखा परेका थुप्रै समस्याहरुलाई सम्बोधन गर्ने तागत ऐनले राख्ने छ ।’
साथै करिब एक वर्ष अगाडिदेखि रिक्त रहेको त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पनि पर्सीसम्ममा त्रिविले पाउने दाहालले बताए ।
प्रधानमन्त्री प्रचण्डले धेरै पहिला उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तयार भएपनि आफुले अहिले पाउन नसकेको बताउँदै खोजी भइरहेको जानकारी दिए । उनले त्यसलाई सार्वजनिक र कार्यन्वयन गर्ने कुरामा तत्कालीन सरकासँग बहुमत र सहमता हुँदा हुँदै पनि तत्कालीन प्रधामन्त्रीले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न नचाहेको दाबी गरे । उनले भने ‘उहाँले त्यसलाई तकियामुनि राख्नुभयो, अहिले त्यो हराएको छ, तगातार त्यसको खोजिभई रहेकोछ ।’



