युवराज रेग्मी
मोरङ /१३ बैशाख-मोरङको मिक्लाजुङ गाउँपालिका वडा न ३ धेबेनिमा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत एक बालिकालाई मरणासन्न हुनेगरि कुटपिटगर्ने १३ जना बालिकाहरुको समूह पक्राउ परेको छ ।
यहि बैशाख ६ गते अन्दाजी मध्याह्न १२ः०० बजेको समयमा उनिहरुले एक बालिकालाई विद्यालय हाताभित्रै मरणासन्न हुनेगरि कुटपिट गरेको प्रहरिले जनाएको छ ।

हाल कुटपिटमा संलग्नहरुलाई ज्यानमार्ने उद्योग अन्तरगत म्याद थप गरि मुद्दा दर्ता गरिएको प्रहरिले जनाएको छ । मिक्लाजुङ गाउँपालिका वडा न. ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनगर्ने बर्ष १४ की बालिकालाई स्कुलमा भएकै समयमा सामुहिक कुटपिट गरेको घटनाको विवरणमा उल्लेख गरिएको छ ।
कुटपिटमा संलग्नहरुलाई मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा ५ (पाँच) दिनको म्याद थपगरी अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ । उता कुटपिटमा परि घाईते भएकी बालिकालाई हाल झापाको बिर्तामोड स्थित बि. एण्ड. सि. अस्पतालमा उपचार भईरहेको छ ।



