काठमाडौं/१३ बैशाख-शिक्षकहरुको सरुवामा ज्यादतीपूर्ण गरेको भन्दै नेपाल शिक्षक महासंघले विरोध गरेको छ । घोराही नगरपालिकाले १ सय १ जना शिक्षक सरुवामा ज्यादतीपूर्ण गरेको भन्दै विरोध गरेको हो ।
नेपाल शिक्षक महासंघ घोराही समितिले विज्ञप्ति जारी गर्दै शिक्षक सरुवाको विरोध जनाएको छ । १ सय १ जना शिक्षकको ज्यादतीपूर्ण सरुवाको विरुद्धमा बैशाख १३ गते कालो पट्टि बाधेर विरोध गर्ने तथा पठनपाठनलाई मध्य नजर गरेर बैशाख १५ गते दिउसो २ बजे विरोध ¥याली निकाल्ने जनाएको छ ।




