शिक्षा ऐन जारी गरि समस्याको प्यकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं/२९ फागुन-वर्तमान सरकार यथाशिघ्र सङ्घीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अगाडी बढाइसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । शिक्षा ऐन पारित गरि शिक्षा क्षेत्रमा अहिले देखिएको समस्याहरुको प्यकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै आवश्यक गृहकार्य अगाडी बढाइसकेको बताएका हुन् ।


पद्मोदय माध्यमिक विद्यालयको ७७ औं वार्षिकोत्सव ( हिरक कहोत्सव) कार्यक्रममा बोल्दै शिक्षा क्षेत्रमा धेरै समस्या देखिएको र ति समस्या समाधनका लागि शिक्षा ऐन ल्याई प्याकेज मै सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।


प्रधानमन्त्री दाहालले शिक्षा सामाजिक संस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्ध र विकासको सबै भन्दा महत्वपूर्ण पक्ष समेत रहेको र जुन राष्ट्रले शिक्षाको गुणस्तर विकासमा जोड् दिन्छ त्यो राष्ट्रले विकासका हरेका पक्षमा आफुलाई अब्बल प्रमाणित गर्न सकेको बताए ।


उनले भने ‘विकसित भन्दा विकसित देशहरुले पनि सबै भन्दा बढी प्राथमिकता के हो भनेर त्यहाँका नेतहरुलाई सोध्दा उनिहरुले भन्ने गर्छन, शिक्षा शिक्षा र फेरि पनि शिक्षा । त्यसकारण विकासको आधार स्तम्भ शिक्षा नै हो ।’


दाहालले शैक्षिक पाठ्यक्रमको पुनराअवलोकन गरि शिक्षालाई जीवनउपयोगि, आधुनिक विज्ञान प्रविधि र व्यवसयीक बनाउन वर्तमान बदलिएको राजनीतिक एवम् सामाजिक व्यवस्थाअनुरुप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको बताए ।

प्राविधिक शिक्षालाई जोड् दिँदै विश्व बजारमा प्रतिपर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान गणित र इञ्जिनियरिङलाई माध्यमिक तह देखिनै अनिवार्य विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धान मुखि बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।


साथै त्यसाका लागि नीतिगत, कानुनी, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य त्यतिकै आवश्यक बताए । ‘देशमा रहेका सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसाथ गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रुपमा विकास गर्न शैक्षिक गुरु योजना निर्माण गरि कार्यन्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायीत्व हाम्रो अगाडी छ’ प्रधानमन्त्री दाहालले भने ।