युवराज रेग्मी
झापा/२९ फागुन-नेपाल शिक्षक संघ झापाको अध्यक्षमा तोया दाहाल चयन भएका छन् । संघको नवौं जिल्ला अधिवेशनबाट दाहाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन ।
संघको उपाध्यक्षमा कुमार खतिवडा र महिला उपाध्यक्षमा धनकुमारी (लता) खरेल, सचिव देबेन्द्र चन्द्र सिंह राजवंशी, अर्थसचिव गणेश गिरी चयन भएका छन् ।
त्यसैगरि पाँच जना सहसचिवमा युवराज कट्टेल, मनकुमारी योङ्हाङ, तुलसा निरौला मैनाली, हरिप्रसाद राजवंशी र रिता निरौला चयन भएको निर्वाचन समिति संयोजक प्रकाश भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार संघको जिल्ला समिति सदस्यहरूमा टंकप्रसाद भट्टराई, हरीप्रसाद प्रसाई, रूद्रप्रसाद धमला, तेजस्वी पौडेल, देवकी राजबंशी, सिता सिटौला दाहाल र निर्मला पोखरेल चयन भए ।
संघको जिल्ला अधिवेशनले तेजप्रसाद चौलागाई, लिलाप्रसाद भण्डारी, नरहरी न्यौपाने, कृष्णप्रसाद वन, भरत भट्टराई, मेनुका भट्टराई, भुमादेवी आङदम्बे र फूलहेरा खातुनलाई प्रदेश अधिवेशन प्रतिनिधिका रूपमा चयन गरेको छ । त्यस्तै संघको संघिय अधिवेशन प्रतिनिधिमा नेत्रप्रसाद खरेल, चित्रकला ओली, रूपक दाहाल, बद्री कार्की, भवानीप्रसाद लुइटेंल, कृष्णमाया रिजाल र अनिता रिजाललाई चयन गरेको छ ।



