काठमाडौं/२८ फागुन-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय व्यवस्थापन समिति एवम् शिक्षक अभिभावक संघको क्षमता विकास सहजीकरण पुस्तिका २०७९ सार्वजनिक गरेको छ ।
विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई उनीहरुको काम कर्तव्य र जिम्मेवारी बोध गराई कार्यदक्षता अभिवृद्धि गर्न र विद्यालय सुचारु रुपले संचालन गर्ने उदेश्यले दुईदिने क्षमता विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
केन्द्रले क्षमता विकास कार्यक्रमका लागि स्थानीय तहमा २७ हजार ९ सय ६ विद्यालयका लागि ५५ हजार ८ सय १२ जना सहभागी हुने गरी पाँच करोड अन्ठाउन्न लाख बाह्र हजार रकम स्थानीय तहमा वित्तिय हस्तान्तरण गरेको जनाएको छ ।
साथै विनियोजित बजेट अप्राप्त भएमा स्थानीय तहबाट बजेटमा साझेदारी गर्न सकिने व्यवस्था शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९–८० मा उल्लेख गरिएको समेत केन्द्रले जनएको छ ।
तालिममा प्रत्येक सामुदायिक विद्यालयबाट विदालय व्यवस्थापन समितिका अध्यक्ष १ जना शिक्षक अभिभावक संघका अध्यक्ष १ जना गरी २ जना सहभागी हुनुपर्ने पुस्तिकामा उल्लेख छ ।
हेर्नुहोस विद्यालय व्यवस्थापन समिति एवम् शिक्षक अभिभावक संघको क्षमता विकास सहजीकरण पुस्तिका २०७९ :
https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-1777759207.pdf



