बिएससी भर्नाका लागि पुन: आवेदन माग

काठमाडौं/२८ जेठ-त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले बिएससीमा भर्नाका लागि पुनः प्रवेश परीक्षाको परीक्षा सञ्चालन गर्न आवेदन माग गरेको छ ।


आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा वार्षि परीक्षा प्रणाली अनुसार पठनपाठन हुने विज्ञान तर्फ चार वर्षे स्नातक तह बिएससीमा भर्नाका लागि आवेदन माग गरेको हो ।


इच्छुक विद्यार्थीहरुले जेठ २९ गते बिहान १० बजेदेखि असार ७ गते साँझ ५ बजे भित्र अनलाइन माध्यमबाट आवेदन दिन सक्ने छन् । साथै प्रवेश पत्र असार ९ गतेबाट अनलाइनबाटै डाउनलोड गर्न सकिने छ भने असार १३ गते दिनको १० बजे प्रवेश परीक्षा सञ्चालन हुनेछ ।