शुभश्री कलेज : विद्यार्थीहरूको उन्नति र समृद्धिको लागि समर्पित

काठमाडौँ /११ साउन – शुभश्री कलेज अफ म्यानेजमेन्टले बीबीए २०२१ ब्याचका स्नातक तह पुरा गरेका विद्यार्थीहरूका लागि स्नातक समारोहको आयोजना गरेको छ । आफ्नो शैक्षिक यात्रा पूरा गरेका विद्यार्थीहरूका लागि समारोहसँगै उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ ।


समारोहका प्रमुख अतिथि कान्तिपुर मिडिया ग्रुपका सिईओ तथा नेपाल मार्केटिङ एसोसिएसनका अध्यक्ष महेश स्वारले शिक्षा भनेको केवल पुस्तकको ज्ञान मात्र नभई जीवनका वास्तविक चुनौतीहरूको सामना गर्ने क्षमता रहेको बताउँदै आजको युगमा व्यावसायिकता र नैतिक मूल्यहरूलाई महत्व दिनु आवश्यक रहेको विद्यार्थीलाई सुझाब दिए ।


कलेजकी प्रमुख मनिता ओलीले शिक्षा केवल डिग्री प्राप्त गर्नु मात्र नरहेको उल्लेख गर्दै आत्मविश्वासी, नैतिक र दूरदर्शी नेताका रूपमा बढाउनको लागि रहेको बताइन । “यस यात्रा दौडका हरेक चुनौतीलाई पार गर्दै, तपाईँले केवल ऐकेडेमिक उपलब्धि मात्रै होइन, पेसागत र इमानदारीका साथ संसारको सामना गर्नको लागि तयार हुनुहुन्छ विद्यार्थीलाई” उनले भनिन् । कलेजका म्यानेजिङ डाइरेक्टर तरुन प्रताप शाहले शिक्षा सैद्धान्तिक मात्र नभएर व्यवहारिक पनि हुनुपर्ने बताउँदै कलेजले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षामा जोड् दिएको बताए ।


शुभश्री कलेज : विद्यार्थीहरूको उन्नति र समृद्धिको लागि समर्पित


शुभश्री कलेज अफ म्यानेजमेन्टले सदैव विद्यार्थीहरूको समग्र विकास र उन्नतिको लागि सोच्ने कलेजको रूपमा प्रतिष्ठा बनाएको जनाएको छ । कलेज केवल शैक्षिक क्षेत्रमै मात्र उत्कृष्ट नभएको, यसले विद्यार्थीहरूको मानसिक र व्यावसायिक विकासका लागि विभिन्न अवसरहरू प्रदान गर्दै आएको छ । कलेजका प्रमुख मनिता ओली र प्राध्यापकहरूको कडा प्रयास र समर्पणले आजका स्नातकहरूलाई केवल शैक्षिक क्षेत्रमा मात्र नभएर, जीवनका विभिन्न क्षेत्रहरूमा पनि सफलता प्राप्त गर्न तयार बनाएको जनाइएको छ ।


शिक्षण विधि र सहायक वातावरणले विद्यार्थीहरूको उत्साह र समर्पणलाई प्रोत्साहित गरेको छ, जसले गर्दा तिनीहरू आज सफल र आत्मविश्वासी नेता बन्न सक्षम भएको कलेजको दाबी छ ।